काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा आफुमाथि लागाएका अरोपको जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीको अफरबारे पार्टी सभापति शेरबहादुर देउवालाई सदनमै आएर जवाफ दिन आग्रह गरे ।
‘म गृहमन्त्री हुन नैतिक रुपमा नमिल्ने भए प्रधानमन्त्री बन्न चाहीँ कुन नैतिक रुपले मिल्ने रहेछ। अफर गर्नेहरूले कान रातो पार्नु पर्दैन। म राजनीतिमा गोपनियतालाई ख्याल राख्ने मान्छे हो,’ उनले भने।
उनले सहकारी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताउदै प्रधानमन्त्री अफरको डेट एक्सपायर भयो कि बाँकी छ भनेर प्रश्न समेत गरे ।
उनले भने, ‘मेरो प्रश्न छ, हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?’ ।
.jpg)


