सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक बस्दै

एक्सप्रेस पाना
जेठ ७, २०८१ सोमबार
  • 268
    SHARES
  • कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक बिहान ९ बजे बस्ने गरी बोलाइएको छ । 

    images

    त्यसअघि संसदीय दल कार्यसमितिको बैठक बिहान ८ः३० बजे बस्नेछ । 

    संघीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हलमा बस्ने बैठकमा आजै बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुनेछ । 

    images

    प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलेका विषय र कांग्रेसलाई लगाएका आरोपबारेमा समेत छलफल हुने बताइएको छ ।

    कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको समेत संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।