काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आइतबार गृहमन्त्री लामिछाने संसदमा असभ्य, असत्य, भ्रामक, कपोकल्पित तरीकाले प्रस्तुत भएको बताएको छ ।
सोमबार बसेको संसदीय दलको निर्णय सुनाउँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन् ।
उनले गृहमन्त्रीले आफूमाथि लागेको अभियोगबाट भाग्ने प्रयास गरेर अरुलाई झुटा आरोप लगाएको बताउदै उनले कांग्रेस र नेतालाई लक्षित गरी लगाइएका आरोपमा छानबिन गरेर प्रमाणित गर्न चुनौतीसमेत दिए ।
उनले भने,"सदनमा कांग्रेस र नेता लक्षित आरोप लगाइएका छन् । अनुसन्धान, छानबिन गरेर प्रमाणित गर्न त्यसका लागि खुल्ला छौं । उपप्रधान तथा गृहजस्तो जिम्मेवार ठाउँमा बसेकाले अरुलाई प्रश्न सोध्ने होइन आफूमाथि उठेका प्रश्नको जवफ दिनुपर्छ ।"
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडान कायमै राखेको छ । प्रमुख सचेतक रमेश लेखक सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताको प्रष्ट तथ्य देखिएको बताए।
उनले भने,"समाचारमा प्रेषित होइन । प्रहरीमा उजुरी भएको प्रमाण छन् । रवि लामिछानेमाथि सहकारी ठगीमा छानबिन हुनुपर्ने पूर्ववर्ति निर्णयमा हामी दृढ छौं । हाम्रो बटमलाइन त्यहि हो", ।
.jpg)


