काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको बताएका छन् ।
सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले यस्तो आरोप बताएका हुन् ।
प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको भन्दै संसदको विधि अनुसार विश्वासको मत लिँदा समेत काँग्रेसले अवरोध गरेको बताए ।
उनले भने, "जब सरकारमा रहेको दलले विश्वास छैन भनिसकेपछी प्रधानमन्त्रिले विश्वासको मत लिने संवैधानीक व्यवस्था हो , यो व्यवस्थालाई पनि अवरोध गर्नु भनेको के हो त्यो मैले भनिरहनु नपर्ला । त्यसकारणले लोकतन्त्रको भद्दा मजाक भएको जस्तो मैले देखे" ।
उनले सरकारले सहकारी पीडितहरुको न्यायको लागि दु्रत गतिमा काम गर्ने प्रतिवद्धता जनाए ।
गृहमन्त्री लामिछानेले आफूले संसदमा बोल्दा प्रतिपक्षका नेताहरुलाई कुनै आरोप लगाउने र धम्काउने काम नगरेको बताए ।
.jpg)


