सोमबार, कार्तिक १७ गते २०८३
images
images

टीओआर टुंगो लगाउन कार्यदलको बैठक बस्दै

एक्सप्रेस पाना
जेठ ८, २०८१ मंगलबार
  • 233
    SHARES
  • टीओआर टुंगो लगाउन कार्यदलको बैठक बस्दै

    काठमाडौं । सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश टीओआर टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दैछ ।

    images

    बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान ९ बजे बस्ने छ ।

    कार्यदलमा नेपाली कांग्रेसबाट सांसद जीवन परियार, एमालेबाट महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट शिशिर खनाल सदस्य छन् । सत्ता पक्ष र प्रतिपक्षबीच टकराव बढिरहेका बेला फेरि एकपल्ट सहमति खोज्ने प्रयास गरिएको हो ।

    images

    सरकारले छानबिन समितिको क्षेत्राधिकारमा सहमति नभए संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारीसमेत गरेको छ ।