सोमबार, कार्तिक १७ गते २०८३
images
images

गण्डकी सरकारविरुद्धको रिटमाथि आज सुनुवाई हुँदै

एक्सप्रेस पाना
जेठ ८, २०८१ मंगलबार
  • 213
    SHARES
  • गण्डकी सरकारविरुद्धको रिटमाथि आज सुनुवाई हुँदै

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ । 

    images

    पूर्व मुख्यमन्त्री तथा कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट हालेका थिए । सो रिट सर्वोच्चका न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा परेको छ ।

    यसअघि सो रिटमाथि सुनुवाई गर्दै वैशाख २७ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै दीर्घकालिन निर्णय नगर्न आदेश दिएको थियो ।

    images