सोमबार, कार्तिक १७ गते २०८३
images
images

कार्यादेश टुंगो लगाउन बसेको बैठक निष्कर्ष विहीन

एक्सप्रेस पाना
जेठ ८, २०८१ मंगलबार
  • 247
    SHARES
  • कार्यादेश टुंगो लगाउन बसेको बैठक निष्कर्ष विहीन

    काठमाडौं । संसदीय समितिको कार्यादेश टुंगो लगाउन बसेको कार्यदलको बैठक निष्कर्ष विहीन भएको छ ।

    images

    मंगलबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सदस्यहरु यथावत अडान रहेकाले बैठक निष्कर्ष मा पुग्न नसकेको हो । 

    कार्यदलका सदस्यहरुले भने बैठक सकारात्मक भएको बताएका छन् । बैठकमा दुवै पक्षबाट आ–आफ्ना धारणा राख्ने, सुन्ने र सहमतिको मध्यविन्दु खोजेर अघि बढ्ने सहमति भएको बताइएको छ । 

    images

    नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राखेको थियो भने एमाले र रास्वपा त्यो कुरामा सहमत थिएन।