सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेसको नाराबाजीकै बीच प्रतिनिधिसभाबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित

एक्सप्रेस पाना
जेठ ८, २०८१ मंगलबार
  • 268
    SHARES
  • कांग्रेसको नाराबाजीकै बीच प्रतिनिधिसभाबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित

    काठमाडौं । नेपाली कांग्रेसको नाराबाजीकै बीच प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।

    images

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले वेलमा नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यवाद दिने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए ।

    सभामुख घिमिरेले धन्यवाद प्रस्तावको विपक्षमा मत नआएको भन्दै सर्वसम्मतले पारित भएको घोषणा गरेका हुन् ।

    images

    मंगलबार नै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिले संघीय संसदको बैठकमा पेश गरेको सम्बोधनको प्रति प्रतिनिधिसभामा टेबल गरेका छन् ।