काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार बढेको छ ।
आज बजार २३.९४ अंकले बढेर २११५.९४ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ ।
अघिल्लो दिन ५ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडमा सीमित भयो ।
आज १९४ कम्पनीको मूल्य बढ्दा ४३ को घट्यो, ९ को स्थिर रहेको छ ।


