सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्रीको सम्पत्ति सार्वजनिक, ५ तोला सुन र २५ लाख नगद

एक्सप्रेस पाना
जेठ ८, २०८१ मंगलबार
  • 242
    SHARES
  • प्रधानमन्त्रीको सम्पत्ति सार्वजनिक, ५ तोला सुन र २५ लाख नगद

    काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

    images

    मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपछि उनीहरूको विवरण सार्वजनिक गरिएको हो।

    प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्तिका नाममा एभरेष्ट बैंकमा नगद २५ लाख रहेको छ भने अन्य सम्पत्ति भने स्वर्गीय श्रीमती सीता दाहालको नाममा रहेको विवरणमा उल्लेख छ। 

    images

    विवरणअनुसार सीता दाहालको नाममा चितवन भरतपुर महानगरपालिका-१२ मा १ कट्ठामा घर रहेको छ। त्यस्तै श्रीमतीकै नाममा चितवनको भरतपुर महानगरपालिका-१४ मा १४ कट्ठा जग्गा रहेको छ। उक्त जग्गा पैतृक सम्पत्तिबाट आएको उल्लेख छ।

    त्यस्तै प्रधानमन्त्रीसँग ५ तोला सुन रहेको छ भने अन्य सम्पत्तिका बारेमा विवरणमा उल्लेख छैन।