सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै

एक्सप्रेस पाना
जेठ ९, २०८१ बुधबार
  • 209
    SHARES
  • कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक बिहान ११ गते पार्टी कार्यालय सानेपामा बस्दै छ ।

    images

    बैठकमा समसामयिक राजनीतिकका सन्दर्भ राखिएको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै संसद्मा अवरोध गरी रहेका कांग्रेसले सडक आन्दोलनमा जान संयुक्त बैठक बोलाएको बताइएको छ । 

    नेताहरूका अनुसार सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार नभएपछि कांग्रेस सदनसँगै सडक आन्दोलनमा जाने तयारीमा छ ।

    images