काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ र बिक्रीदर १३३ रुपैयाँ ६० पैसा निर्धारण भएको छ ।
आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ १२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ।
त्यसैगरी आज अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १४ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ।

.jpg)


