काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले बढी होहल्ला गर्न जरूरी नभएको बताएका छन् ।
बुधबार चन्द्रागिरिमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूसंग कुराकानि गर्दै उनले यस्तो बताएका हुन् । उनले सिरोहियासँग कुनै पनि रिसइबी नभएको बताए ।
प्रधानमन्त्री दाहालले भने, "अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्याछु मैले । यो बढी होहल्ला गर्न जरूरी लाग्दैन मलाई । ‘अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ । यो हल नै भइहाल्छ’,।‘उहाँसँग केको रिसइबी ?" ।
नागरिकताका सन्दर्भमा उजुरी परेपछि सिरोहियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।


