काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।
बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ ।
बैठकमा देशको समसामयिक परिस्थितिको समीक्षा हुने जनाइएको छ । साथै, आगामी शुक्रबारदेखि सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल र एजेन्डा तय गरिने बताइएको छ ।
.jpg)


