काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारीपीडितको मुद्दा विरोद्ध सभा गर्ने भएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
सहकारी ठगीको आरोप लागेका गृहमन्त्रीमाथि संसदीय छानबिन माग गर्दै सदन अवरुद्ध गरेको नेपाली कांग्रेसले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा विरोध सभा गर्ने निर्णय गरेको हो ।
कांग्रेसले आफ्नो निर्णयमा सहकारीका बचतकर्ताको बचत फिर्ता र ठगी संलग्नमाथि कारबाही माग गरेको छ ।
कांग्रेसमाथि सदनमा गृहमन्त्रीले लगाएको गम्भीर आरोपमाथि छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।
.jpg)


