सोमबार, कार्तिक १७ गते २०८३
images
images

गण्डकी सरकारमाथीको रिट आज पनि ‘हेर्दा हेर्दै’मा

एक्सप्रेस पाना
जेठ ९, २०८१ बुधबार
  • 233
    SHARES
  • गण्डकी सरकारमाथीको रिट आज पनि ‘हेर्दा हेर्दै’मा

    काठमाडौंं । गण्डकी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्धको रिट आज पनि ‘हेर्दा हेर्दै’मा परेको छ । 

    images

    पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो ।

    सुनुवाइ नसकिएपछि मंगलबार हेर्दा हेदैमा राखेको थियो । निरन्तर सुनुवाइका लागि पेसी तोकिएकोमा बुधबार पनि न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा सुनुवाइ नटुंगिएपछि पुनः हेर्दा हेर्दैमा राखिएको हो । 

    images


    अब गण्डकी प्रदेशको मुद्दा सर्वोच्च अदालतको यही इजलासले टुंग्याउने छ । वैशाख २५ गते प्रदेशसभाका सभामुख समेतको नाम राखी बहुमत देखाएर गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका थिए । प्रदेश प्रमुखलाई सभामुखलाई बहुमत अल्पमतमा सहभागी नगराउन पत्राचार समेत गरेका पूर्वमुख्यमन्त्री पाण्डेले अल्पमतमै नियुक्ति भएका अधिकारीलाई सर्वोच्चको आदेश देखाएर विश्वासको मत समेत पाएको घोषणा गरेपछि वैशाख २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।