शनिबार, भाद्र २७ गते २०८३
images

बडादशैंका नौ शुभसाइतबारे ७७ वटै सीडीओ कार्यालयलाई गृह मन्त्रालयको सर्कुलर

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 299
    SHARES
  • बडादशैंका नौ शुभसाइतबारे ७७ वटै सीडीओ कार्यालयलाई गृह मन्त्रालयको सर्कुलर

    असोज १४ काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नेपालीहरूको महान चाड बडादशैंको शुभसाइतबारे जानकारी गराएको छ ।

    images

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट यस वर्षको बडादशैंको शुभसाइतहरू प्राप्त भएसँगै गृहले बिहीबार ७७ वटै जिल्ला प्रशासनलाई पठाएको हो । गृहको सर्कुलरमा जिल्लास्थित मातहतका कार्यालयलाई समेत जानकारी गराइदिने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

    उपसचिव भीमकान्त शर्माले पठाएको पत्रमा नौवटा शुभसाइत उल्लेख छ ।

    images

    २१ असोज, बिहीबार – नवरात्रारम्भ/घटनास्थापना, बिहान ११:४६ बजे ।

    २२ असोज, शुक्रबार - झन्डा फेर्ने, बिहान ११:५६ बजे । (पश्चिम मोहडा)

    २५ असोज, सोमबार - श्री पचलीभैरव यात्रा ।

    २६ असोज, मंगलबार - फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:११ बजे । स्थिरासन बिहान ८:४४ बजे ।

    २७ असोज, बुधबार - महाअष्टमी, कालरात्रि ।

    २८ असोज, बिहीबार - महानवमी ।

    २९ असोज, शुक्रबार - विजया दशमी, देवी विर्सजन बिहान ८:१९ बजे । टीका - बिहान १०:२ बजे (पूर्व मोहडा) । श्री तुलजाभवानी यात्रा बिहान ७:१ बजे । स्थिरासन बिहान ८:३२ बजे, खड्गयात्रा ।

    २ कात्तिक, मंगलबार - अखिलबलिपूर्ति ।

    २ कात्तिक, मंगलबार – कोजाग्रत व्रत ।