बुधबार, भाद्र २४ गते २०८३
images

बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गर्नुपर्छ : सभापति देउवा

एक्सप्रेस पाना
जेठ १०, २०८१ बिहीबार
  • 300
    SHARES
  • बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गर्नुपर्छ : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव नहुने बताएका छन् ।

    images

    आज २५६८औँ बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गर्नुपर्ने बताए ।


    उनले विश्वमा फैलिएको अशान्ति, हत्या र हिंसाको सबैले विरोध गर्नुपर्ने उल्लेख गर्दै देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गरेका छन् ।

    images

    पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले नेपाल अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन नसकेको उल्लेख गर्दै मानव अधिकार विरोधी क्रियाकलाप सदाका लागि अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक कार्य गर्न आश्वयक रहेकोमा जोड दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा