काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मुल्य घटेको छ ।
बुधबार प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १८ सय रुपैयाँले घटेर १ लाख ३८ हजार ७ सयर रुपैयाँमा कारोबर भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।
आज तेजावी सुनको मुल्य पनि १८ सय रुपैयाँले नै घटेको छ। यो दिन तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मुल्य भने ३५ रुपैयाँ प्रतितोलाका दरले घटेर आज चाँदी तोलामा १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
.jpg)


