सोमबार, कार्तिक १७ गते २०८३
images
images

कार्यादेशमा सहमति जुटाउन आज पनि कार्यदलको बैठक बस्दै

एक्सप्रेस पाना
जेठ ११, २०८१ शुक्रबार
  • 261
    SHARES
  • कार्यादेशमा सहमति जुटाउन आज पनि कार्यदलको बैठक बस्दै

    काठमाडौं । सहकारीको रकम अपचलन छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाउन आज पनि कार्यदलको बैठक बस्दै छ। 

    images

    बैठक अहिले बिहान ९ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने बताइएको छ । 

    यसअघि बिहीबार दिउँसो बसेको कार्यदलको बैठकमा सहमति हुन नसकेपछि फेरि आज बिहानै छलफल गर्न लागिएको हो। 

    images

    कार्यदल सदस्य रहेका नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बिहीबारको छलफलपछि कांग्रेस केही लचक भएको दाबी गरेका थिए। 

    प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको रकम अपचलन तथा हिनामिनामा प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको  समेत संलग्नता रहेको दाबी गर्दै संसदीय छानबिन समितिको कार्यादेशमा उनको नामै उल्लेख गरिनुपर्ने अडान राखिरहेको छ भने सत्ता पक्षले कसैको नाम किटान गर्न नहुने जिकिर गरिरहेको छ।  

    संसदीय छानबिन समिति गठन गर्नेमा बल्ल बल्ल सहमति गरेका दलहरूबीच यसको कार्यादेशमा कुरा नमिल्दा कांग्रेसले संसद्मा अवरोध जारी राखेको छ। 

  • सम्बन्धित विषय:

  • # टीओआर