काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ।
आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ २९ पैसा र बिक्रीदर १७० रुपैयाँ ०६ पैसा निर्धारण भएको छ।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ४३५ रुपैयाँ १३ पैसा निर्धारण भएको छ।
.jpg)


