काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पाौडेलबीच भेटवार्ता भएको छ ।
शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो।
भेटमा संसद्मा जारी गतिरोधबारे चासो र चिन्ताका बारेका कुराकानी भएको राष्ट्रपति सचिवालयले जनाएको छ।
प्रधानमन्त्री दाहालले संसद संचालनमा देखिएको समस्या समाधानको पक्षमा आफू रहेको राष्ट्रपतिलाई बताएका छन्। उनले संसदमा जारी गतिरोध अन्त्यका लागि आफूले पहल गरिरहेको पनि जानकारी दिए ।


