सोमबार, कार्तिक १७ गते २०८३
images
images

टीओआरमा अझै जुटेन सहमति, कांग्रेसको नयाँ प्रस्ताव

एक्सप्रेस पाना
जेठ ११, २०८१ शुक्रबार
  • 236
    SHARES
  • टीओआरमा अझै जुटेन सहमति, कांग्रेसको  नयाँ  प्रस्ताव

    काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठकमा आज पनि निष्कर्षविहीन भएको छ ।

    images

    शुक्रबार कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकमा सहमति नजुटेपनि नेपाली कांग्रेस केही लचक बनेको  एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

    उनले नेपाली कांग्रेसले गृहमन्त्री जोडिएका सहकारीको नाम उल्लेख गर्नेगरी टिओआर बनाउन नयाँ प्रस्ताव ल्याएको बताए । 

    images

    उनले भने, "आज कांग्रेस थप लचक भएर आएको छ, उहाँहरूले गृहमन्त्रीको नाम नराख्ने भए उहाँ संलग्न भएको संस्थाहरूको नाम राखेर जाऔं भन्ने ढंगको प्रस्ताव ल्याउनुभएको छ । त्यसबारेमा हामी दुवै छलफल गरेर फेरि बस्ने कुरा भएको छ ।"

    उनले पार्टीमा छलफल गरेर फेरि  बैठक बस्ने भएको बताएका छन् । 

    कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संलग्नताबारे छानबिनका लागि संसदीय समिति माग गर्दै लगातार संसद् अवरुद्ध गर्दै आएको छ । 

  • सम्बन्धित विषय:

  • # टीओआर