सोमबार, कार्तिक १७ गते २०८३
images
images

जनअपेक्षा विपरीतका गतिविधि क्षम्य नहुने छैन :गृहमन्त्री लामिछाने

एक्सप्रेस पाना
जेठ ११, २०८१ शुक्रबार
  • 232
    SHARES
  • जनअपेक्षा विपरीतका गतिविधि क्षम्य नहुने छैन :गृहमन्त्री लामिछाने

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले जनअपेक्षा विपरीतका गतिविधि र प्रहरी सङ्गठनको हित प्रतिकूलका कार्य कहिल्यै क्षम्य नहुने बताएका छन् ।

    images

    शुक्रबार नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १(१८२ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले विधिको शासन र कानुनको सर्वोच्चतालाई शीरमा राखेर सरकारको नीति, तथा कार्यक्रम र योजनालाई अक्षरशः पालना गर्न निर्देशन दिएका हुन् ।

    उनले शान्ति सुरक्षा प्रवर्द्धन, अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा सङ्गठनको प्रतिबद्धता ख्याल गरेर नागरिकमैत्री सेवा दिन ध्यानाकर्षण गराउदैसङ्गठनको लामो इतिहासको जगेर्ना गर्ने नवप्रवेशी अधिकृतको काँधमा रहेको उल्लेख गरे । 

    images

    समारोहमा प्रशिक्षणमा विभिन्न विधामा सर्वोत्कृष्ट हुने प्रहरी निरीक्षक पवनकुमार परियार, सगुन खड्का, आयुष ढुङ्गाना र गोकुलकुमार धानुकलाई पुरस्कार प्रदान गरिएको थियो । 

    समारोहमा प्रशिक्षार्थीले प्रधानमन्त्री, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा प्रहरी महानिरीक्षकलगायतलाई राष्ट्रिय सलामी अर्पण गरेका थिए ।