शनिबार, भाद्र २७ गते २०८३
images

नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

एक्सप्रेस पाना
जेठ ११, २०८१ शुक्रबार
  • 276
    SHARES
  • नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

    काठमाडौं । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ ।

    images

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो ।

    हालै ४२ जनामा गरिएको परिक्षणमा १२ जनामा केपी.१ र १७ जनामा केपी.२ पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

    images

    हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।