काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण गरेका छन् ।
उनले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढङ्गानाबाट पद तथा गोपनीयताको शपथ लिएपछि पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणका अवसरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यान्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्दै सबै सरोकारवालाले पाउने हिस्सामा वृद्धि हुने गरी कार्य गरिने बताए ।
चार्टर्ड एकाउन्टेन्ट खनाल यसअघि बैंकको कामु प्रमुख कार्यकारी अधिकृत थिए ।
.jpg)


