काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
शुक्रबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा कांग्रेसले गृहमन्त्री रवि लामिछानेले ६ जेठमा संसद्मा दिएको अभिव्यक्तिबारे ध्यानाकर्षण गराएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताएका हुन् ।
उनले भने ,“केही दिन पहिला संसद्मै उभिएर गृहमन्त्री जुन ढंगले प्रस्तुत हुनुभयो, जसरी सदनभित्रै रहेका माननीयलाई लाञ्छित गरेर प्रश्न उठाइयो । यो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै कसले जवाफ दिने हो भनी प्रश्न पनि गरेका छौँ,” ।
प्रमुख सचेतक रमेश लेखकले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।
.jpg)


