सोमबार, कार्तिक १७ गते २०८३
images
images

संसदीय समितिको कार्यादेश टुंगो लगाउन शीर्ष नेताहरुको बैठक बस्दै

एक्सप्रेस पाना
जेठ १३, २०८१ आइतबार
  • 236
    SHARES
  • संसदीय समितिको कार्यादेश टुंगो लगाउन शीर्ष नेताहरुको बैठक बस्दै

    काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा छानबिन गर्न गठन संसदीय समितिको कार्यादेश टुंगो लगाउने प्रयासमा शीर्ष नेताहरुको बैठक आज बस्दै छ ।

    images

    बैठक आज बिहान नौ बजे बस्ने गरी बोलाईएको छ । शीर्ष नेताहरुको बैठकले नै संसदीय समितिको कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवम् कानुन मन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरेका थिए ।

    कार्यदलमा गिरीसहित नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल छन् ।

    images


    कार्यदलस्तरमा कार्यादेशमा सहमति नजुटेपछि शीर्ष तहमा छलफल हुन लागेको हो । कार्यादेशमा उपप्रधानमन्त्री तथा गृहमन्त्री र रवि लामिछानेको नामै उल्लेख गर्ने कि नगर्ने भन्नेमा सत्तारुढ र प्रतिपक्ष दलबीच सहमति जुटेको छैन । यद्यपि कार्यादेशमा दुवै पक्ष सहमति नजिक पुगेको नेताहरुले बताएका छन् ।

    कांग्रेसले सहकारी सञ्चालकहरू, गोर्खा मिडिया नेटवर्कलगायतका कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारेसमेत छानबिन गरिनुपर्ने अडान यथावत राखेको छ । आज पनि सहमतिको प्रयास जारी राख्न शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।