काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा व्यक्तिको नाम उल्लेख गर्ने अडान कायमै राख्ने निर्णय गरेको छ ।
आइतबार बिहान कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने निर्णय गरेको हो कांग्रेस सहमहामन्त्री जीवन परियारले बताएका हुन् ।
उनले भने, "गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर त पुग्दैन होला । कम्तिमा त्यहाँ संलग्न व्यक्तिहरु कोको हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन सक्दैन भन्ने हाम्रो अडान कायमै छ ।’अहिले सत्तारुढ दलका साथीहरु यति चलाखीपूर्ण कुरा गरिरहनु भएको छ कि, कुनै पनि सहकारीबाट पैसा लिंदाखेरी नियमसम्मत लियो कि लिएन र त्यो कम्पनीमात्र जवाफदेही हुने कुरा हो । कम्पनीका सन्चालक जवाफदेही हुने कुरा हो भन्ने ढंगले उहाँहरु प्रस्तुत हुनुभएको छ । त्यस कुराले समस्याको समाधान निस्किंदैन । कांग्रेस पार्टी स्पष्ट छ ।"
‘
सहकारीकै विषयलाई लिएर कांग्रेसले आजै काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ ।
.jpg)


