सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रतिपक्षको नाराबाजीकैबीच सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु

एक्सप्रेस पाना
जेठ १३, २०८१ आइतबार
  • 283
    SHARES
  • प्रतिपक्षको नाराबाजीकैबीच सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीकैबीच प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। 

    images

    कांग्रेसको वेल घेराउ र नाराबाजीकैबीच सभामुख देवराज घिमिरेले सदनको कार्यसूची अघि बढाएका हुन्। 

    सभामुखले समय दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफल प्रस्ताव पेस गरेका छन्। 

    images

    सभामुख घिमिरेले विभिन्न संशोधनकर्ताहरूलाई आफ्नो संशोधनबारे भनाइ राख्दै छलफल अघि बढाएका छन्।