काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्रबहादुर शाहीले पुराना दलहरूले काम नगरेपछि विकल्पमा नयाँ शक्तिको रुपमा आफूहरूलाई जनताले भोट हालेको भए पनि पछिल्ला दिनमा नाक देखाउने समेत ठाउँ नभएको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकको सुरुमै प्रतिपक्षीको तर्फबाट समय लिएर बोल्दै सांसद शाहीले यस्तो बताएका हुन्।
उनले भने, ‘प्रतिपक्षमा एउटा बोली आज सरकारमा अर्को बोली गर्ने हो भने, तपाईं हामीलाई जनताले यीनै पुराना दलले काम गरेनन् भनेर विकल्पमा हालेको भोट हो,’ । ‘आज हामी नयाँ शक्तिले पनि नाक देखाउन ठाउँ भएन।’
उनले गृहमन्त्री रवि लामिछानेलाई छानबिन समिति बनाउन दिन आग्रह गरे।
उनले भने,‘छानबिन समिति बनाउन दिनुस्। दोषी भए कारबाही होला, निर्दोष भए यही संसद्मा गृहमन्त्री भएर आउनुहोला,’ ‘गीता बस्नेतलाई जस्तै रविलाई पनि कारबाही हुनुपर्छ। कानुन सबैका लागि बराबर हो,’ । ‘गीता बस्नेतलाई पनि कारबाही हुनुपर्छ, यस्तै प्रवृत्ति अरुले पनि गर्ने हो भने सबै सांसद हुन् वा प्रधानमन्त्री हुन् कारबाही हुनुपर्छ।’
.jpg)


