सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेसले गर्‍यो सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन

एक्सप्रेस पाना
जेठ १३, २०८१ आइतबार
  • 299
    SHARES
  • कांग्रेसले गर्‍यो सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन

    काठमाडौं । नेपाली कांग्रेसले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

    images

    सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले सडकमा प्रदर्शन गरेको हो ।

    प्रदर्शनी मार्गमा भेला हुनुअघि कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्‍याली निकालेका थिए । कांग्रेसले सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिनको माग राखेको छ ।

    images

     

    कांग्रेसले गृहमन्त्रीले संसदमा बोल्दा कांग्रेस नेताहरुमाथि विभिन्न आरोप लगाएको भन्दै ती विषयमा छानबिन गर्न पनि कांग्रेसले माग गरेको छ ।

    प्रदर्शनमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखकलगायतका नेताहरु सहभागी भएका छन् 

    438158899_747466327464164_1630393837790179993_n.jpg