काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई प्रयोग गरिरहेको बताएका छन् ।
आइतबार सरकारविरुद्ध कांग्रेसले गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै उनले संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडान एमाले अध्यक्ष ओलीको भएको बताउदै गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने ओलीको आशय रहेको महामन्त्री शर्माको भनाई छ ।
शर्माले भने, ‘रवि देखाएर जोगाउनुपर्ने पार्टी पङ्ति छ । रविलाई साथ दिएर गिरीबन्धुमा साथ लिनु छ’, ‘झापाका केपी ओलीलाई झापाका विश्वप्रकाशले जति बुझ्न भक्तपुरका रवि लामिछानेलाई समय लाग्छ ।’
शर्माले आफ्नो पार्टीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलक्षित मात्रै छानबिनको विषय नउठाएको दाबी गर्दै ७३ लाख सहकारी पीडितको विषय उजागर गर्न लागेको बताए।
‘कांग्रेस रवि गाँसिएको सहकारी वा मिडिया मात्रै होइन, देशका प्रत्येक सहकारी जहाँ बचतकर्ताले मेरो पैसा फिर्ता चाहियो भनेर भनेका छन्, त्यो फिर्ता हुनुपर्छ भनेर अपेक्षा राखेका छौँ।’‘कांग्रेसले रविमात्रै प्रश्न उठाएको होइन। हामी ७३ लाख मान्छेको विषय उठाइरहेका छौँ,’ उनले भने।
उनले सत्तारुढ दल नेकपा एमालेका कार्यकर्तालाई सहकारी ठग कि पीडितको पक्षमा उभिने भन्दै प्रश्नसमेत गरे।
.jpg)


