सोमबार, कार्तिक १७ गते २०८३
images
images

कार्यादेश टुंगो लगाउन कार्यदलसहित शीर्ष नेताहरुको बैठक जारी

एक्सप्रेस पाना
जेठ १४, २०८१ सोमबार
  • 231
    SHARES
  • कार्यादेश टुंगो लगाउन कार्यदलसहित शीर्ष नेताहरुको बैठक जारी

    काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन कार्यदलसहित शीर्ष नेताहरुको बैठक जारी छ ।

    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेताहरुबीच समस्या समाधानको विषय र कार्यक्षेत्रबारे छलफल भइरहेको छ ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार, एमालेबाट कानुनमन्त्री पदम गिरि, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णीम् वाग्ले, सन्तोष परियार लगायत छन् ।

    images

    सहकारी ठगी प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष छानबिन समिति बनाउन सहमत भए पनि त्यसको कार्यक्षेत्रबारे सहमति जुट्न सकेको छैन । 

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै उनको नाम किटेरै छानबिन समिति बनाउनु पर्ने अडान राखेको छ । तर सत्ता गठबन्धन भने समिति बन्नुअगावै व्यक्तिलाई दोषी किटान हुनेगरी नाम उल्लेख गर्न नहुने पक्षमा रहेको छ ।