सोमबार, कार्तिक १७ गते २०८३
images
images

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीविरुद्धको मुद्दाको टुङ्गो आज लाग्ने

एक्सप्रेस पाना
जेठ १४, २०८१ सोमबार
  • 200
    SHARES
  • गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीविरुद्धको मुद्दाको टुङ्गो आज लाग्ने

    काठमाडौं ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको मुद्दाको टुङ्गो आज लाग्ने बताइएको छ । 

    images

    दुवै पक्षबाट बहस सकिएको छ भने आज जवाफी बहस हुने छ । जवाफी बहस सकिएपछि आजै आदेश आउने बताइएको छ । मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा छ ।

    निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीले प्राप्त गरेको विश्वासको मतमा बहुमत नपुगेको भन्दै सर्वोच्चमा रिट दिएका थिए । अधिकारीको पक्षमा ३० मत मात्रै परेको थियो । गण्डकीमा ६० जना सांसद छन् । संविधानअनुसार विश्वासको मतका लागि कम्तीमा ३१ सिट हुनुपर्छ ।

    images