सोमबार, कार्तिक १७ गते २०८३
images
images

कार्यादेश टुंगो लगाउन बसेको प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक निष्कर्ष विहीन

एक्सप्रेस पाना
जेठ १४, २०८१ सोमबार
  • 234
    SHARES
  • कार्यादेश टुंगो लगाउन बसेको प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक निष्कर्ष विहीन

    काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको बैठक निष्कर्ष विहीन भएको छ ।

    images

    सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गरी कार्यादेश (टीओआर) टुंगो लगाउने बताइएको छ ।  

    कांग्रेसका सहमहामन्त्री जीवन परियारले आफूहरुले सहकारी ठगी प्रकरणको विषयमा पूर्ववत अडान कायम राखेको  जानकारी दिए ।

    images

    नेपाली कांग्रेसका नेताहरुले आजै दिउँसो पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्नेछन् । 

     

  • सम्बन्धित विषय:

  • # टीओआर