काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रंगमति शाही प्रमुख रहेको कांग्रेसको पिछडिएको क्षेत्र समन्वयन विभागमा १० सदस्य मनोनित गरेका छन् ।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ ( संशोधन सहित ) को धारा २५ (९) बमोजिम सदस्य मनोनित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाकाराी दिए ।
सदस्यहरुमा श्री दुधकुमारी हमाल, डोल्पा ,डा. साझना खातुन, रौतहट,श्री स्मारिका विष्ट, काठमाण्डौ, श्री उत्तम सिंखडा, धादिङ्ग, श्री रामकुमार राई, भोजपुर, श्री ऐनबहादुर मल्ल, बाजुरा श्री अर्जुनप्रसाद रेग्मी, पाल्पा,श्री नरबहादुर रोकाया, हुम्ला,श्री हरिशंकर तिमिल्सेना, दैलेख र श्री हिराप्रकाश गौचन, बाग्लुङ्गबाट रहेका छन् ।
.jpg)


