सोमबार, कार्तिक १७ गते २०८३
images
images

कार्यदलले टुंगो लगायो संसदीय समितिको कार्यादेश (टीओआर)

एक्सप्रेस पाना
जेठ १५, २०८१ मंगलबार
  • 240
    SHARES
  • कार्यदलले टुंगो लगायो संसदीय समितिको कार्यादेश (टीओआर)

    काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लागेको छ ।

    images

    मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे टीओआर टुंगो लगाएको हो । उक्त टीओआर प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउने बताइएको छ । 

    टीओआरको अनुसूची–२ मा गृहमन्त्री रवि लामिछाने संलग्न भएर रकम अपचलन भएका सहकारीहरूको नाम समेटिएको छ । 

    images

    जसमा आईडियल यमुना, ईमेज, सहारा, समानता, सानो पाइला , सुप्रिम, सूर्यदर्शन, सुमेरू र स्वर्णलक्ष्मी सहकारी रहेका छन् । 

    संसदीय छानबिन समितिमा सात सदस्यीय रहने जनाइएको छ । जसमा नेकपा (एमाले)का तर्फबाट दुई, नेकपा (माओवादी केन्द्र) र रास्वपाका तर्फबाट एक-एक सदस्य रहनेछन् ।