सोमबार, कार्तिक १७ गते २०८३
images
images

आगामी वर्षदेखि बंगलादेशसँग विद्युत निर्यात गर्ने सरकारको योजना

एक्सप्रेस पाना
जेठ १५, २०८१ मंगलबार
  • 226
    SHARES
  • आगामी वर्षदेखि बंगलादेशसँग विद्युत निर्यात गर्ने सरकारको योजना

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि बंगलादेशसँग पनि विद्युत निर्यात गर्ने योजना बनाएको छ।

    images

    मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेश गरेका आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो। 

    त्यसैगरी सरकारले आगामी आर्थिक वर्ष ९ सय मेगावाट विद्युत थप गरेर राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ६ सय मेगावाट पु¥याइने लक्ष्य लिएको छ। 

    images

    अर्थमन्त्री पुनले विद्युत प्रसारणलाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्रलाई सहभागी गराउने गरी कानूनी प्रबन्ध गर्ने बताए।