मंगलबार, कार्तिक १८ गते २०८३
images
images

क्रिकेटर सन्दीप लामिछानेलाई भिसाको माग गर्दै काठमाडौँमा प्रदर्शन

एक्सप्रेस पाना
जेठ १६, २०८१ बुधबार
  • 326
    SHARES
  • क्रिकेटर सन्दीप लामिछानेलाई भिसाको माग गर्दै काठमाडौँमा प्रदर्शन


    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका जाने भिसा दिन माग गर्दै बुधबार उनका समर्थकले काठमाडौँमा प्रदर्शन गरेका छन्।

    images

    विश्वकप खेल्न जान अमेरिकी दूतावासले लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि बुधबार दिउँसो माइतीघर मण्डलाबाट विरोध प्रदर्शन सुरु गरिएको हो।

    समर्थकहरुले सन्दीपलाई भिसा दे, अमेरिकी सरकार होसियार लगायतका नारा लगाएका छन् । 

    images

    बलात्कार मुद्दामा उच्च अदातलते सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउन पहल गरेको थियो।

    तर अमेरिकी दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको छ। 

  • सम्बन्धित विषय:

  • # क्रिकेटर सन्दीप लामिछाने