सोमबार, कार्तिक १७ गते २०८३
images
images

महिलाले चुनाव जित्न सक्दैनन् भनेर समानुपातिकमा राख्नु सामन्ती र पितृसत्तात्मक चिन्तन हो : अष्टलक्ष्मी शाक्य

एक्सप्रेस पाना
जेठ १६, २०८१ बुधबार
  • 260
    SHARES
  • महिलाले चुनाव जित्न सक्दैनन् भनेर समानुपातिकमा राख्नु सामन्ती र पितृसत्तात्मक चिन्तन हो : अष्टलक्ष्मी शाक्य

    काठमाडौं । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाले चुनाव जित्न सक्दैनन् भनेर समानुपातिकमा राख्नु पनि सामन्ती र पितृसत्तात्मक चिन्तन भएको बताएकी छिन् ।

    images

    बुधबार एमालेले राखेको राष्ट्रिय महिला सम्मेलनमा बोल्दै शाक्यले प्रत्येक्ष निर्वाचनमा महिलालाई उम्मेदवार नबनाउँदा महिला नेतालाई जनताले चिन्नै छाडेको बताइन् । 

    उनले भनिन् ‘महिलाले चुनाव लड्न सक्दैनन्, जित्न सक्दैनन् भनेर समानुपातिक जति महिला बनाउन थालिएको छ,’ । ‘यो पनि सामन्ती र पितृसत्तात्मक चिन्तन हो ।’

    images

    उनले भूमिगत कालमा कम्युनिस्ट पार्टीभित्र महिला सुरक्षित रहेको स्मरण गर्दै सुरक्षित वातावरणले मात्र महिला नेतृत्व विकास हुने बताइन् । 

    शाक्यले भनिन्,‘जबसम्म महिला सुरक्षित हुँदैनन्, तबसम्म महिलाको नेतृत्व विकास हुँदैन ।’ 

  • सम्बन्धित विषय:

  • # अष्टलक्ष्मी शाक्य