सोमबार, कार्तिक १७ गते २०८३
images
images

हाजिर जमानीमा छुटे कैलाश सिरोहिया

एक्सप्रेस पाना
जेठ १६, २०८१ बुधबार
  • 303
    SHARES
  • हाजिर जमानीमा छुटे कैलाश सिरोहिया

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा हिरासतबाट छुटेका छन् । 

    images

    ललितपुर प्रहरीले मेडिसिटी अस्पतालमै गएर छोरा सम्भवको रोहवरमा अनुसन्धानका लागि आवश्यक परेका बखत उपस्थित गराउने सर्तनामा गराएर रिहा भएको कागज दिएको छ।

    धनुषा प्रहरीको निर्णयअनुसार अस्पतालमै कागज गरेर रिहा गरेको ललितपुर जिल्ला प्रहरी परिसरले जनाएको छ । 

    images

    जिल्ला प्रहरी कार्यालय धनुषाले परिवारका सदस्यलाई जिम्मा लगाउने गरी हाजिर जमानीमा छाड्ने निर्णय गरी ललितपुर प्रहरीमा पठाएको थियो। 

    सिरोहियाको हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।उनलाई मंगलबार मात्र हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको हो।

    प्रहरीले उनलाई नागरिकतासम्बन्धी कसुरको अनुसन्धान गर्ने भन्दै जिल्ला अदालत धनुषाबाट जारी पक्राउ पुर्जी दिएर जेठ ८ गते थापाथलीस्थित कान्तिपुर मुख्यालयबाट नियन्त्रणमा लिएको थियो।