काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने र प्रतिलिपी दिने तत्कालीन दुईजना कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारी गरेको हो। सिरोहियाको नागरिकता सम्बन्धी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले दुई जनालाई पक्राउ गर्ने अनुमति लिएको हो ।
नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया हिजो ९ दिनपछि जमानतमा छुटेका छन् ।
.jpg)


