काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरणभन्दा बाहिर नजाने बताएका छन् ।
बिहिबार श्रमाधान रोजगार मेला’ को उद्घाटन गर्न विराटनगर पुगेका प्रधानमन्त्री दाहालले पत्रकारहरुसँग कुराकानी गर्दै आफूसँग भएको कुराकानी अनुसार नेपाल समीकरण भन्दा बाहिर नजाने बताएको बताएका हुन्।
प्रधानमन्त्री दाहालले भने,"माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो। तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्नेकुरामा क्लियर गर्नुभएको छ ।"
बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता समीकरण तरंगित बनेको छ।


