बुधबार, भाद्र २४ गते २०८३
images

खेलकुदमन्त्री श्रेष्ठले सन्दीपलाई भेटेर भने 'हामीले गर्ने शतप्रतिशत गरेका छौँ '

एक्सप्रेस पाना
जेठ १७, २०८१ बिहीबार
  • 453
    SHARES
  • खेलकुदमन्त्री श्रेष्ठले सन्दीपलाई भेटेर भने 'हामीले गर्ने शतप्रतिशत गरेका छौँ '

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले क्रिकेटर सन्दीप लामिछानेसँग भेटवार्ता गरेका छन्।

    images

    बिहीबार त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्न पुगेका बेला अभ्यास खेल खेलिरहेका सन्दीपसँग छोटो भेटवार्ता गरेका हुन्। 

    विश्वकपको भिसा दिन अमेरिकी दूतावासले अस्वीकार गरेको प्रसंगमा उनले आफूहरूले सक्दो प्रयास गरिरहेको बताए । 

    images

    उनले भने, हामीले गर्ने शतप्रतिशत गरेका छौँ, उताबाट अलिक हुन सकेको छैन,’  ‘यहाँ भइदिएको भए हामीले नै यो गर्नु, उ गर्नु भनेर भन्न पाइन्थ्यो। त्यसका फेरि अरु धेरै कुटनीतिक मर्यादाहरू हुन्छन्।’‘मेरै अगाडि पटक पटक परराष्ट्रमन्त्रीज्यूले मन्वयका लागि भन्नुभएको छ,’  ‘अरु केही भयो भने कल मी?

    सन्दीपले आज अपराह्न ४ बजे नेपालस्थित अमेरिकी राजदूतावासमा अन्तर्वार्ता दिँदैछन् । भिसा मिलेको खण्डमा सन्दीप आजै राति अमेरिका उड्ने छन्।

     

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने