बुधबार, भाद्र २४ गते २०८३
images

सत्ता समीकरणमा कुनै समस्या छैन :प्रधानमन्त्री दाहाल

एक्सप्रेस पाना
जेठ १७, २०८१ बिहीबार
  • 252
    SHARES
  • सत्ता समीकरणमा कुनै समस्या छैन :प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् । 

    images

    बिहीबार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । 

     प्रधानमन्त्री दाहालले भने,“राजनीतिक परिस्थिति र घटनाक्रममा उतारचढाव जस्तो देखिए पनि वर्तमान सत्ता समीकरणमा कुनै समस्या छैन,”  ।

    images

    उनले समाजवादी मोर्चा र वामपन्थी ध्रुवीकरणको पहल गर्ने विषय समाजवादको आधार तयार पार्ने विषयसँगै सम्बन्धित रहेको बताए । 

    प्रधानमन्त्री दाहालले फेरि पनि एउटा आन्दोलनको तयारीका रूपमा अघि बढिरहेको बताए । उनले वामपन्थी, समाजवादीको एकताको बाटोमा चुनौती भएको बताउँदैजति जोखिम भए पनि एकताकै बाटो हिँड्ने बताए ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री पुष्पकमल दाहाल