काठमाडौं । नेपाली कांग्रेसले उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा सदस्यहरू मनोनयन गरेको छ ।
नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री सीता थपलिया (उर्मिला) प्रमुख रहनु भएको नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको सदस्यमा मनोनयन गरेका हुन् ।
मनोनयन भएका सदस्यहरूमा श्री खगेन्द्र आचार्य, काठमाडौं श्री विस्वामित्र रिजाल, सर्लाही श्री अशोक कुमार साह, सिराहा श्री मुकेश गुप्ता, रौतहट श्री रबि सापकोटा, नवलपुर श्री राम कृष्ण ढुगेल, रामेछाप श्री बिपिन राइ, सखुवासभा श्री उपेन्द्र जोशी, कैलाली श्री वसन्त जोशी, दाङ्ग श्री लक्ष्मी कार्की, सुर्खेत रहेका छन् ।

.jpg)


