सोमबार, कार्तिक १७ गते २०८३
images
images

दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा

एक्सप्रेस पाना
जेठ १९, २०८१ शनिबार
  • 346
    SHARES
  • दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा

    काठमाडौं । आज जेठ १९ अथात् नेपालीहरुको लागि कालो दिन । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा भएको छ । यति समय बितिसक्दा पनि यथार्थ छानबिन भने अझै हुन सकेको छैन् । 

    images

    २०५८ सल जेठ १९ गते राति ९ बजे नारायणहिटी राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।


    उक्त दरबार हत्याकाण्डमा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन युवराज दीपेन्द्रलाई दोषी ठहर गरेको भए पनि आमनागरिकले त्यसलाई स्वीकार गर्न सकेका छैनन् । 

    images

    घटना भएको २३ वर्षको बिचमा धेरै सरकार फेरिए तर हत्याकाण्डको रहस्य खुलेन । राजसंस्था नै अन्त्य भएर गणतन्त्रात्मक व्यवस्था आएको यतिका वर्ष हुँदा समेत घटनाको सत्य तथ्य छानबिन हुन सकेको छैन ।