काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ ।
शुक्रबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले घटेर १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुनको मुल्य १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मुल्य भने २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


