काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार बढेको छ ।
आज बजार १३.५१ अकंले बढेर २०८३.०४ बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
आइतबार ३२५ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड १० लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको सेयर मूल्य घटेको छ ।


